मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

तुइनखोलामा सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक पूर्ण अवरुद्ध

शुक्रबार, बैशाख २५ २०८३

भरतपुर । सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा पहिरो खसेपछि सडक बन्द भएको हो। मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा प्रभावित बनेको छ।

सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरी प्रहरी टोली परिचालन गरिएको उनले जानकारी दिए। पहिरो पन्छाउने काम जारी रहेकाले यात्रुहरूलाई वैकल्पिक सतर्कता अपनाउन आग्रह गरिएको छ।