काठमाडाै । प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले बिहीबार साँझका लागि बैठक बोलाएका हुन् ।
सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त पदहरुमा नियुक्तिको बाटो खुलेको छ ।
हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका संवैधानिक पदाधिकारी पद रिक्त छन् ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य पद रिक्त छ। समावेशी आयोगमा अध्यक्षसहित एक सदस्य पद खाली रहेको छ भने महिला आयोगमा पनि एक पद रिक्त छ। साथै मुस्लिम आयोग र थारू आयोगमा पनि पदाधिकारी पदहरू खाली रहेका छन्।
संवैधानिक व्यवस्था अनुसार नियुक्तिका लागि सरकारले सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने कानुनी प्रावधान रहेको छ।