मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मतगणना जारी

बुधबार, बैशाख २३ २०८३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना कार्य जारी रहेको छ। काठमाडौँमा सम्पन्न मतदान प्रक्रियापछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु गरेको हो।

यस निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि उद्योगी व्यवसायीहरू विभिन्न प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। निर्वाचन समितिका अनुसार हाल विभिन्न क्लस्टरतर्फको मतगणना भइरहेको छ र नतिजा क्रमशः सार्वजनिक गरिने तयारी गरिएको छ।

निर्वाचनमा देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ, वस्तुगत सङ्घ तथा एसोसियट सदस्यहरूको उत्साहजनक सहभागिता रहेको बताइएको छ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले उक्त पदको नतिजाले आगामी नेतृत्वको टुङ्गो लाग्नेछ। अन्य पदहरूको अन्तिम परिणाम सार्वजनिक भएलगत्तै नयाँ कार्यसमिति घोषणा गरिने निर्वाचन समितिले जनाएको छ।