मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

मंगलबार, बैशाख २२ २०८३

काठमाडौंः  राष्ट्रपति रामचन्द्र पौडेल ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश (संवैधानिक परिषद्, काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी अध्यादेश २०८३) जारी गरेका छन्।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार सरकारले दोस्रो पटक स्वीकृतिका लागि पठाएको सिफारिसपछि मंगलबार उक्त अध्यादेश जारी गरिएको हो।

यसअघि वैशाख १४ गते सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले वैशाख २० गते पुनर्विचारका लागि फिर्ता पठाएका थिए। तर भोलिपल्ट बसेको मन्त्रिपरिषद् बैठकले पुनः सोही अध्यादेश जस्ताको तस्तै जारी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यसपछि दोस्रो पटक आएको सिफारिसपछि अध्यादेश रोक्न नमिल्ने संवैधानिक तर्कहरूबीच राष्ट्रपति पौडेलले अन्ततः अध्यादेश जारी गरेका हुन्।

यो विषय संवैधानिक परिषद् को बैठक प्रक्रिया, गणपूरक संख्या र निर्णय प्रणालीसँग सम्बन्धित रहेको छ, जसमा पछिल्लो अध्यादेशले कार्यविधिमा परिवर्तन गरेको बताइएको छ।

यसअघि विभिन्न सरकारका पालामा ल्याइएका समान प्रकृतिका विधेयक र अध्यादेशहरू विवादमा पर्दै आएका थिए भने यसपटक पनि प्रक्रिया र संवैधानिक व्याख्याबारे बहस चर्किएको छ।