शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

तीन संसदीय समितिको बैठक बस्दै

मंगलबार, बैशाख २२ २०८३

काठमाडौं । आज संघीय संसदअन्तर्गत तीन वटा संसदीय समितिको बैठक बस्ने भएका छन्। राष्ट्रिय सभा र प्रतिनिधि सभाका समितिहरूले पूर्वाधारदेखि मन्त्रालयको कार्यसम्पादनसम्मका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

बिहान पौने ११ बजे बस्ने सार्वजनिक लेखा तथा प्रत्यायोजित विधायन समिति को बैठकमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग को स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

त्यसैगरी बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को बैठकमा गण्डकी प्रदेशमा गरिएको स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको समीक्षा गरिनेछ।

उक्तै समयमा बस्ने प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति को बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका कामकारबाही र आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ।