ताप्लेजुङ । पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालनमा आएको छ। दर्शनार्थीलाई सहज सञ्चार सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको हो।
पाथीभरा क्षेत्र विकास समिति को पहलमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (दूरसञ्चार कार्यालय इलाम)सँग २०८० चैत २० गते सम्झौता भएको थियो। बिटिएस टावर निर्माण सम्पन्न भएपछि आजदेखि सेवा औपचारिक रूपमा सुरु गरिएको हो।
फोरजी सेवा सुरु भएसँगै अब मन्दिरमा आउने दर्शनार्थीहरूले सहज रूपमा मोबाइल तथा इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्। साथै, अनलाइन दान प्रणालीमार्फत भेटी व्यवस्थापन थप पारदर्शी र प्रविधिमैत्री हुने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए।
यस टावरबाट फक्ताङलुङ गाउँपालिका का स्थानीय बासिन्दासमेत लाभान्वित हुने जनाइएको छ।