मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

आज कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना

मंगलबार, बैशाख २२ २०८३

काठमाडौँ । देशका पहाडी तथा हिमाली भूभागमा आज सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने बताइएको छ।

आज रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै अन्य प्रदेशका एक–दुई स्थानमा पनि यस्तै किसिमको वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।