काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल थालेका छन्।
सिंहदरबार मा जारी बैठकमा आगामी अधिवेशनको तयारी तथा समसामयिक राजनीतिक विषयहरूमा छलफल भइरहेको छ।
बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा एमाले, साथै अन्य दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी र नेपाली कम्युनिस्ट पार्टी का प्रमुख सचेतक तथा सचेतकहरू सहभागी छन्।
सभामुख अर्यालले संसद् सञ्चालनलाई प्रभावकारी बनाउने र आगामी अधिवेशनलाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा दलहरूसँग सहमति र समन्वय खोज्ने उद्देश्यले छलफल अघि बढाएका हुन्।