मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

अध्यादेश नागरिक हितका लागि ल्याइएको होः असिम शाह

बिहिबार, बैशाख १७ २०८३

काठमाडौं । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह ले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलता हटाउन महत्वपूर्ण कदम चालेको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले सार्वजनिक सरोकारका निर्णयहरू निश्चित समयभित्र सम्पन्न गरी जनतालाई सुशासनको प्रत्याभूति दिन अध्यादेश ल्याइएको स्पष्ट पारे। उनका अनुसार पुराना र जटिल कानुनी प्रावधानका कारण जनहितका काममा हुने ढिलाइ अन्त्य गर्न यो कदम आवश्यक भएको हो।

शाहले २०८३ वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार अध्यादेशहरू प्रमाणीकरणका लागि रामचन्द्र पौडेल समक्ष पठाइएको जानकारी दिए।

उनले यी अध्यादेश कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नभई नागरिक हित र राज्य संयन्त्रको प्रभावकारिताका लागि ल्याइएको दाबी गरे। कानुनी जटिलताका कारण रोकिने जनसरोकारका काम अब सहज हुने र यसले देशको समृद्धिको यात्रालाई गति दिने उनको भनाइ छ।

त्यस्तै, दशकौँदेखि अल्झिएका प्रक्रियागत समस्याहरू पहिचान गरी तिनको दिगो र वैज्ञानिक समाधान निकाल्ने सरकारको लक्ष्य रहेको पनि उनले स्पष्ट पारे।