मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट, आज पेसी

बुधबार, बैशाख १६ २०८३

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

अधिवक्ता डा. प्रेमराज सिलवालले मंगलबार दायर गरेको रिटमा सरकारले गठन गरेको आयोग असंवैधानिक भएको दाबी गर्दै आयोग खारेज गर्न माग गरिएको छ।

उक्त रिटमाथि सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ।

सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगलाई २०६२ सालयताका उच्च पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने कार्यादेश दिइएको छ।