मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सरुवा कर्मचारीलाई तुरुन्त हाजिर गराउन सामान्य प्रशासन मन्त्रालयको निर्देशन

बुधबार, बैशाख १६ २०८३

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा सरुवा तथा खटाइएका कर्मचारीलाई तत्काल कार्यस्थलमा हाजिर गराउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयले सोमबार सूचना जारी गर्दै पठाइएका कर्मचारीलाई तुरुन्त हाजिर गराउन, सरुवा भएका कर्मचारीलाई रमाना दिन तथा आवश्यक विवरण मन्त्रालयमा उपलब्ध गराउन आग्रह गरेको हो।

सूचनाअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका विभिन्न कार्यालय तथा मुड्केचुला गाउँपालिकासँग विवरण मागिएको छ।

मन्त्रालयले सम्बन्धित कर्मचारीलाई पनि तीन दिनभित्र अनिवार्य रूपमा नयाँ कार्यस्थलमा हाजिर हुन र रमाना लिन निर्देशन दिएको छ।

विभिन्न स्थानमा खटाइएका कर्मचारीहरू हालसम्म कार्यस्थलमा नपुगेको गुनासो आएपछि सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ। तोकिएको अवधिभित्र हाजिर नभए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।