राजविराज । सप्तरीको कञ्चनरुपमा शनिबार भएको जीप दुर्घटनामा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । घटनामा अन्य चार जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गको कञ्चनरुप –११ स्थित बक्साहामा बा १६ च २२३५ नम्बरको जीप दुर्घटना हुँदा उनको निधन भएको हो । ३५ वर्षीय पत्रकार अधिकारी रेडियो नेपालमा कार्यरत थिए ।
घटनामा जीपका चालक अशोक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।