मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

कांग्रेसमा असन्तुष्टि कायमै – खड्का समूहको बैठक धुम्बाराहीमा सुरु

मंगलबार, बैशाख १५ २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूहको बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको छ ।

बैठकमा समूहका शीर्ष नेता, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, जिल्ला सभापति तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूको सहभागिता रहेको छ ।

यसअघि ६ वैशाखमा सोही स्थानमा भेला गर्दै खड्का समूहले तत्कालका लागि ‘पर्ख र हेर’ रणनीति अपनाउने निष्कर्ष निकालेको थियो ।

विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएपछि खड्का असन्तुष्ट रहँदै आएका छन् ।

उनले विशेष महाधिवेशन खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर सर्वोच्चले रिट खारेज गर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि पनि खड्का समूहले छलफल र आन्तरिक बैठक निरन्तर जारी राखेको छ ।