मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

इटहरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

मंगलबार, बैशाख १५ २०८३

इनरुवा (सुनसरी), १५ वैशाख । सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा गएराति भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी–५ कलङ्की क्षेत्रमा निर्माणाधीन ‘डाइभर्सन’मा को२प ४५८९ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई ठोक्किँदा उराउ गम्भीर घाइते भएका थिए ।

घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।