मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

शुक्रबार, बैशाख ११ २०८३

काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियार पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गर्दै बैंकिङ कसुरको अभियोगमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।

पछिल्लो समय काठमाडौंको थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय र त्यससँग जोडिएका सुरक्षा तयारीका कारण उक्त क्षेत्रमा तनावपूर्ण अवस्था रहेको छ।

यस्तो संवेदनशील परिस्थितिमा सुकुम्बासी मोर्चाको नेतृत्व गरिरहेका परिश्रमीको पक्राउलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि प्रहरीले भने पक्राउ बैंकिङ कसुरसम्बन्धी मुद्दाकै सिलसिलामा भएको स्पष्ट पारेको छ।

परिश्रमीविरुद्ध यसअघि सुकुम्बासी बस्ती हटाउने क्रममा प्रहरीमाथि बल प्रयोग गरेको तथा अन्य आपराधिक गतिविधिमा संलग्न रहेको आरोपसमेत लाग्दै आएको थियो।