मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

थापाथलीमा सुकुम्बासीहरूको प्रदर्शन, सरकारविरुद्ध चर्का नाराबाजी

शुक्रबार, बैशाख ११ २०८३

काठमाडौं । सुकुम्बासी बस्ती खाली गराउने सरकारी निर्णयविरुद्ध काठमाडौंको थापाथलीमा शुक्रबार चर्का नाराबाजीसहित प्रदर्शन भइरहेको छ।

बस्तीवासी तथा समर्थकहरूले आफूहरूलाई न्याय दिनुपर्ने माग राख्दै सरकारविरुद्ध सडकमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा उनीहरूले “सुकुम्बासी आवासको हक सुनिश्चित गर”, “डोजर आतंक बन्द गर”, “यस्ता सरकार चाहिँदैन”, “हामीलाई न्याय दे” लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुकुम्बासी बस्तीमा डोजर चलाए आफू छाती थाप्न जाने आश्वासन दिएको स्मरण गराउँदै अहिले बस्तीमा आएर साथ दिन आग्रह गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन्द्र साहप्रति पनि आक्रोश व्यक्त गरेका छन्।

सरकारविरुद्ध भइरहेको उक्त प्रदर्शनमा जेनजी अभियन्ताहरूको समेत सहभागिता रहेको छ। थापाथली क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको बताइएको छ।