बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कश्मिर मामिलामा भारतलाई अर्को झड्का, सुरक्षा परिषदमा छलफल हुनुपर्ने चीनको भनाइ

बिहिबार, साउन ३० २०७६

एजेन्सी । कश्मिर मामिलामा चीनले भारतलाई फेरि अर्को कडा झड्का दिएको छ । पाकिस्तानले कश्मिर मुद्दालाई लिएर सुरक्षा परिषदमा पठाएको पत्रबारे चीनले प्रतिक्रिया जनाएको छ ।  भारतीय टेलिभिजन वर्ल्ड इज वान न्युजलेले राष्ट्रसंघ सुरक्षा परिषद्मा यो विषयमा अनौपचारिक छलफल हुनुपर्ने भनेको छ ।

केही दिनअघि पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले न्युयोर्कस्थित सुरक्षा परिषद् मुख्यालयलाई पत्र पठाएका थिए ।

उक्त पत्रमा भारतले उसको संविधानको धारा ३७० हटाउँदै कश्मिरको विशेष राज्य अधिकार खोसको एवं त्यहाँको जनताको अधिकार खोसेको आरोप लगाएको छ । पाकिस्तान मुस्लिम देश हो । भारत प्रशासिन जम्मु कस्मिर पनि मुस्लिम बहुल क्षेत्र हो । भारतको कदमलाई पाकिस्तानले त्यहाँका मुस्लिम विस्थापित गर्ने योजनाको रुपमा हेरेको छ ।

पाकिस्तानले भारतविरुद्ध विश्वले आवाज उठाउनु पर्ने अपिल गरिरहेको छ । राष्ट्रसंघमा पत्र पुगे पनि अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।