काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । साताको तेस्रो दिन आज बुधबार नेप्से ३३ दशमलव २७ अंकले बढेर २८ सय ६६ दशमलव ८७ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २२ अंकले बढेर चार सय ८१ दशमलव ८७ अंकमा चढेको छ । तीन सय ४४ वटा कम्पनीहरुको एक लाख २३ हजार तीन सय ५९ पटकको कारोबारमा दुई करोड ६४ लाख ३८ हजार पाँच सय २१ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम १० अर्ब ५३ करोड ७० लाख आठ हजार सात सय ९६ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहको सुचक बढेर नेप्सेमा हरियाली छाएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दशमलव शुन्य नौं अंकले बढेर १४ सय ८८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ८६ दशमलव ८३ अंकले बढेर चार हजार एक सय १९ दशमलव ६८ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि ६० दशमलव २५ अंकले बढेर १२ हजार नौं सय दशमलव ७८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४४ दशमलव २० अंकले बढेर ११ हजार दुई सय ९० दशमलव १७ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज रिज लाईन इर्नर्जी नेपाल लिमिटेडले सबैभन्दा बढी कमाउँदा रिलायन्स स्पीनिङ मिल्स लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । शिवम सिमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।