शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

मध्यपुर थिमिमा सिन्दूर जात्रा मनाइँदै

बुधबार, बैशाख २ २०८३

काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा हरेक वर्ष वैशाख २ गते मनाइने बिस्का जात्राअन्तर्गत आज सिन्दूर जात्रा मनाइएको छ ।

परम्परागत रूपमा मनाइने यस जात्रामा स्थानीय बासिन्दाहरूले एकअर्कामाथि सिन्दूर लगाएर यो जात्रा मनाउछन् ।

यो जात्रा बिस्का जात्राको महत्वपूर्ण अंश मानिन्छ, जसले नयाँ वर्षको आगमनसँगै समुदायमा एकता र उमङ्ग ल्याउने विश्वास गरिन्छ ।