शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

कृषिमन्त्रीले सम्पत्ति २ वटा बाख्रा र १० वटा कुखुरा

आइतबार, चैत्र २९ २०८२

काठमाडौं । कृषि तथा पशुपन्छि एवं वन तथा वातावरणमन्त्री गीता चौधरीले आफ्नो सम्पत्ति विवरणमा २ वटा बाख्रा र १० वटा कुखुरा पनि खुलाएकी छन् ।

आज सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणमा उनले प्राप्तिको स्रोतमा यसै वर्ष माइतबाट उपहार लेखेकी छन् ।

चौधरीको २ लाख ५० हजार बराबरको शेयर छ । विभिन्न ५ वटा बैंकमा १ लाख २६ हजार मौज्दात देखाएकी छन् ।

उनको सुन ५ तोला र १०० तोला चाँदी पैतृक र स्वआर्जन स्रोतको रूपमा खुलाएकी छन् ।

चौधरीले बर्दिया राजापुरमा रहेको ३० लाख बराबरको जग्गा र रुपन्देही सैनामैनाको ११५० वर्गमिटरको जग्गा सम्पत्ति विवरणमा सार्वजनिक गरेकी छन् ।

उनले ७५ हजार बराबरको ल्यापटप, ९० हजार बराबरको मोबाइल र ५० हजारको घडी छ ।