धादिङ । सभामुख डोलप्रसाद अर्याल ले देश र जनताको हितमा तटस्थ र निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको पत्रकार भेट कार्यक्रममा उनले कानुन निर्माण र कार्यान्वयनमा निष्ठा र पारदर्शिता कायम गर्दै अघि बढ्ने बताए ।
सभामुख अर्यालले संविधान संशोधन तथा नयाँ कानुन निर्माण प्रक्रियामा सहजकर्ताको भूमिका निर्वाह गर्दै देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने उल्लेख गरे। “विकास, समृद्धि र खुसी ढिला नगरी जनताले अनुभूति गर्नुपर्छ,” उनले भने, “त्यसका लागि परिणाममुखी काम गरिनेछ।”
उनले जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी ‘फास्ट ट्र्याक’ बाट कानुन निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता समेत जनाए। साथै, बूढीगण्डकी जलासययुक्त आयोजना कार्यान्वयनका लागि सरकारलाई निरन्तर पहल र दबाब दिने पनि उनले भने ।