काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन् ।
मन्त्री शाह एकपछि अर्को विवादमा मुछिएका घटनाहरु सार्वजनिक भएपछि प्रधानमन्त्री शाहले चासो देखाएर रास्वपाका नेताहरुसँग छलफल गरेका थिए । गत चैत १३ गते मन्त्री नियुक्त भएका आफ्नै श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिलाइएका थिए ।
त्यसको रहस्य बुझेपछि प्रधानमन्त्री शाह मन्त्री साहसँग असन्तुष्ट बनेका थिए । साह महोत्तरी–२ का प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रधानमन्त्री शाहले श्रममन्त्री हटाएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको समेत एकैपटक सपथ गराउने वा के गर्ने भन्ने आन्तरिक छलफलमै रहेको बालुवाटार स्रोतले जानएको छ ।