राप्रपाबाट सरस्वती लामाको उम्मेदवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटिको समर्थनमा प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीले उम्मेदवारी दर्ता गराएको छ।
श्रम संस्कृति पार्टीबाट २५ वर्षीया रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी हुन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् । कुमारीको प्रस्तावकमा आर्यन राई र समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्विकादेवी निरौला रहेका छन्।
उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन् । संसद सचिवालयले उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकेको थियो।