काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट दिने निर्णय गरेको छ ।
मध्यपूर्वको तनावका कारण कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।
निगमका अनुसार अहिले पेट्रोलमा प्रतिलिटर २५ रूपैयाँ भन्सार शुल्क छ। यो छुटसँगै अब साढे १२ रूपैयाँ पर्नेछ।
त्यस्तै, डिजेलमा प्रतिलिटर १२ रूपैयाँ भन्सार शुल्क लाग्छ, जुन अब ६ रूपैयाँमा झर्नेछ।
निगमका अनुसार अहिले डिजेलमा प्रतिलिटर १२० रूपैयाँ र पेट्रोलमा ३४ रूपैयाँ घाटा छ। पछिलो एक महिना अवधिमा मात्र आयल निगमलाई करिब ११ अर्ब रूपैयाँ घाटा लिागेको निगमका अधिकारीले बताएका छन्।