शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कुनै समूहमा छैनः कांग्रेसलाई एकढिक्का बनाउने प्रयास गर्छु – डा. शेखर कोइराला

शनिबार, चैत्र २१ २०८२

काठमाडौं । शेखर कोइरालाले आफू नेपाली कांग्रेसभित्र कुनै पनि समूहमा नरहेको स्पष्ट पारेका छन्।

शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै उनले सामाजिक सञ्जालमा आफूलाई विभिन्न समूहसँग जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाए। उनले पार्टीभित्र एकता कायम गर्नु नै आफ्नो मुख्य लक्ष्य रहेको बताए।

उनले भने, “नेपाली कांग्रेसलाई एकढिक्का बनाउनका लागि, एक ठाउँमा ल्याउनका लागि म अन्त्यसम्म प्रयास गर्नेछु। म कुनै यो ग्रुपमा, त्यो ग्रुपमा छैन।”

कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउँदै आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने आफ्नो इच्छा रहेको पनि बताए।

त्यस अवसरमा उनले बीपी कोइराला को नाममा स्थापना गरिएको उक्त अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न अवकाशप्राप्त चिकित्सकहरूको महत्वपूर्ण भूमिका हुन सक्ने उल्लेख गरे।