काठमाडौं । नेकपा एमालेको राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन भएका छन्।
प्रतिनिधिसभा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को प्रस्तावमा दंगाल सर्वसम्मत रूपमा चयन भएका हुन्।
दंगाल हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका हुन्। उनी एमालेनिकट अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत रहेका छन्।