ललितपुर । महालक्ष्मी नगरपालिका ९ लुभु बस्ने हरि प्रसाद नेपालको घरबाट नगद ६५ हजार रुपैयाँ र सुनको ३ तोलाको औठी समेत गरी करिब २ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
यसैगरी ललितपुर महानगरपालिका ११ पाटनढोका डेरा गरी बस्ने नेत्र बहादुर थापाको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ३ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।