काठमाडौं । नेप्से घटेर राताम्मै देखिएको छ । अघिल्लो दिन १९ दशमलव ७० अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार ७४ दशमलव ७३ अंकले घटेर २७ सय ७६ दशमलव ३६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २१ अंकले घटेर चार सय ७३ दशमलव ६३ अंकमा पुगेको छ । तीन सय ४७ वटा कम्पनीहरुको एक लाख २३ हजार सात सय ३० पटकको कारोबारमा तीन करोड दुई लाख ९२ हजार चार सय ५२ कित्ता शेयर किनबेच भएको छ भने आज कुल रकम १२ अर्ब १० करोड ९५ लाख २५ हजार पाँच सय ६१ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर किनबेच हुँदा सबै समुहको सुचक घटेर नेप्से राताम्मै भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३४ दशमलव ४९ अंकले घटेर १४ सय ५६ दशमलव ४१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय १० दशमलव ६८ अंकले घटेर तीन हजार आठ सय १७ दशमलव ६६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ६७ दशमलव ५२ अंकले घटेर १२ हजार नौं सय १४ दशमलव ३१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ५५ दशमलव ७६ अंकले घटेर ११ हजार दुई सय १४ दशमलव ५८ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उचच् अंकले घटेका छन् ।
नेप्सेमा आज रिलायन्स स्पीनिङ मिल्स लिमिटेड सबैभन्दा बढी कमाएको छ भने नेपाल पुर्नबीमा कम्पनीले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।