सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता कायम गरेका छन्।
जारी मतगणनाअनुसार साम्पाङले ५ हजार ८९१ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी गोमा तामाङले ४ हजार ८०९ मत पाएका छन्।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराईले १ हजार २९१ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का टिकाराम लिम्बुले ९६४ मत ल्याएका छन्।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ८९८ मत प्राप्त गरेका छन्। उक्त क्षेत्रमा मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।