बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

देशभर मतगणना जारी : अधिकांश क्षेत्रमा रास्वपाको वर्चस्व

शनिबार, फाल्गुन २३ २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभरका १३५ निर्वाचन अधिकृतका कार्यालयमा मतगणना जारी रहेको छ। हालसम्म २७ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने ३ निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन बाँकी रहेको छ। प्रत्यक्षतर्फ मतगणना सकिएका स्थानमा समानुपातिकतर्फको गणना सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ।

ताजा परिणामअनुसार झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीभन्दा करिब चार गुणा बढी मत ल्याएका छन्। शाहले ३२ हजार ३३६ मत प्राप्त गर्दा ओलीले ८ हजार ५१८ मत पाएका छन्।

यस्तै सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिस्पर्धी अमरेशकुमार सिंहभन्दा करिब ३ हजार मतले पछि परेका छन्। सिंहले ९ हजार ३७ मत प्राप्त गर्दा थापाले ५ हजार ८५८ मत पाएका छन्।

काठमाडौंका सबै १० वटा निर्वाचन क्षेत्रमा भने रास्वपाका उम्मेदवारहरू विजयी हुने लगभग निश्चित भएको छ। हालसम्म ९ वटा क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने काठमाडौं–२ को परिणाम आउन बाँकी छ।

अहिलेसम्म नेकपा (एमाले)का एक जना उम्मेदवार निर्वाचित भएका छन्। बाँके–२ बाट इस्तेहाक राई विजयी भएका हुन्।

त्यस्तै नेपाली कांग्रेसका पाँच जना उम्मेदवार निर्वाचित भइसकेका छन्। देशका बाँकी क्षेत्रहरूमा भने मतगणना जारी रहेको छ।