बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

चितवन–२ बाट रवि लामिछाने तेस्रोपटक विजयी

शनिबार, फाल्गुन २३ २०८२

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

लामिछानेले कुल ५४ हजार ४०२ मत प्राप्त गर्दै स्पष्ट अग्रतासहित जीत हात पारेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन्। लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन्।

यसैगरी नेकपा (एमाले)का उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले ४ हजार ९६९ मत पाए।

निर्वाचनमा यस क्षेत्रमा कुल ८७ हजार २८ मत सदर भएको थियो भने २ हजार ७९६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

लामिछाने यसअघि पनि २०७९ सालको प्रतिनिधिसभा निर्वाचन र २०८० सालको उपनिर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।