झापा । झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भुप्रसाद ढकालले सुरुआती अग्रता लिएका छन् ।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार ढकालले ७५० मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले ३०० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका देउकुमार थेबेले २७१ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।