जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही अग्रस्थानमा रहेका छन्।
राप्रपाका शाहीले ५४१ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारीले ४३५ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्।
यसैगरी नेपाली कांग्रेसका दीपबहादुर शाहीले १५४ मत, नेकपा (एमाले) का शान्तिलाल महतले ७२ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विनिता कठायतले ९ मत, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवारले ३ मत पाएका छन्। यसैगरी जम्मा खसेको मतमध्ये ३१ मत बदर भएको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए।
हाल कनकासुन्दरी गाउँपालिका–१ र २ मा जम्मा १,२४५ मत गणना भइसकेको छ।
जिल्लामा कुल मतदाता संख्या ७१,७३९ रहेको छ र शुक्रबार बिहानैदेखि मतगणना भइरहेको छ।