बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

झापा–५ मा बालेनको अग्रता कायमै

शुक्रबार, फाल्गुन २२ २०८२

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले १०,१९० मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्।

उनका प्रमुख प्रतिस्पर्धी, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४,०८७ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्। यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ९० मत प्राप्त गरेका छन्।

मतगणना अझै जारी रहेको र अन्तिम परिणाम प्रतीक्षित रहेको निर्वाचन कार्यालयले जनाएको छ।