काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ क्षेत्र नम्बर १ मा जितको खाता खोल्न सफल भएको छ। भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन्।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापा ६ हजार ३६४ मतसहित दोस्रो स्थानमा रहे। अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित भएकी राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरे।
त्यसैगरी नेकपा (एमाले) का मोहनराज रेग्मीले एक हजार ६१८, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ र श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत प्राप्त गरेका छन्।