बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संखुवासभा–ताप्लेजुङ सिमामा ४.७ म्याग्निच्युडको भूकम्प

शुक्रबार, फाल्गुन १५ २०८२

काठमाडौं। संखुवासभा र ताप्लेजुङको सिमावर्ती क्षेत्रमा सोमबार बिहान ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ३ बजेर १८ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको पुष्टि गरिएको छ।

रातको समयमा आएको कम्पनका कारण दुवै जिल्लाका बासिन्दा झस्किएका थिए। केही स्थानमा सर्वसाधारण घरबाहिर निस्किएका थिए भने सामाजिक सञ्जालमार्फत पनि भूकम्पबारे सूचना आदान–प्रदान भएको थियो।

हालसम्म कुनै मानवीय क्षति वा ठूला भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले प्रभावित क्षेत्रको अवस्था बुझ्न अनुगमन गरिरहेका छन्। प्रारम्भिक विवरणअनुसार अवस्था सामान्य रहेको बताइएको छ।

भूकम्पको धक्का पूर्वी पहाडी भूभागका अन्य केही क्षेत्रमा पनि हल्का महसुस गरिएको हुन सक्ने अनुमान गरिएको छ। सम्बन्धित निकायले थप विवरण संकलन भइरहेको जनाएको छ।