शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

पत्रकार सम्मेलन गर्दै प्रचण्ड

बिहिबार, फाल्गुन १४ २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएका छन्।

पार्टीको रणनीति र पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिने उद्देश्यले पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे पत्रकार भेटघाट कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रममा संयोजक प्रचण्ड सञ्चारकर्मीसँग प्रत्यक्ष संवाद गर्दै निर्वाचन केन्द्रित विभिन्न विषयमा प्रष्ट पार्ने अपेक्षा गरिएको छ।

नेकपा केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचनसम्बन्धी समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यले संयोजक कमरेड प्रचण्डको उपस्थितिमा यो कार्यक्रम आयोजना गरिएको हो।”

देशभर चुनावी गतिविधि तीव्र बन्दै गर्दा प्रचण्डले सार्वजनिक गर्ने पार्टी धारणा राजनीतिक वृत्तमा विशेष चासोको विषय बनेको छ। पत्रकारलाई समाचार संकलनका लागि औपचारिक निमन्त्रणा पनि गरिएको छ।