शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

राजपरिवारका सदस्यहरू स्वयं सडकमा उत्रिने तयारीमा रहेको दुर्गा प्रसाईंकाे दाबी

बिहिबार, फाल्गुन १४ २०८२

काठमाडौँ । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईंले फागुन १६ गतेभित्र काठमाडौँमा उपस्थित हुन देशभरका सर्वसाधारणलाई आह्वान गरेका छन्। राजपरिवारका सदस्यहरू स्वयं सडकमा उत्रिने तयारीमा रहेको दाबी पनि उनले गरे ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै प्रसाईंले राजपरिवार राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि आन्दोलनमा सहभागी हुन तयारी अवस्थामा रहेको उल्लेख गरेका छन्। उनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई तोकिएको मितिभित्र काठमाडौँमा उपस्थित भई राष्ट्रलाई संकटबाट जोगाउन एकजुट हुन आग्रह गरेका छन् ।

‘सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही फाल्गुन १६ गतेभित्र काठमाडौँमा उपस्थित भइ राष्ट्रलाइ युक्रेन हुन बाट जोगाउन हार्दिक आह्वान गर्दछौं। राष्ट्र,धर्म र नागरिकको सुरक्षा हाम्रो साझा जिम्मेवारी हो। सबैलाई एकजुट भई तन मन बचनले उपस्थित हुन विनम्र अनुरोध छ।’ उनले लेखेका छन् ।

राष्ट्र, धर्म र नागरिकको सुरक्षा साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले सबैलाई तन, मन र वचनले साथ दिन अनुरोध समेत गरेका छन् ।