शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

कस्ताे रहला आज देशभरकाे माैसम ?

बिहिबार, फाल्गुन १४ २०८२

काठमाडौँ । आज तराईका केही स्थानमा बिहान हुस्सु लाग्ने सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्ने सम्भावना छ। हिमाली भूभागमा सामान्य बदली, पहाडी भूभागमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यसैगरी, कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।