काठमाडौं। राजधानीको वसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएपछि रङ्गहरूको पर्व होली औपचारिक रूपमा शुरू भएको छ।
प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबार स्थित गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याउने परम्परा छ। यसैलाई आधार मानेर देशभर फागु (होली) आरम्भ भएको मानिन्छ।
परम्पराअनुसार मंगलबार बिहान मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहित चीर ठड्याएका हुन्। सो अवसरमा एकअर्कालाई अबिर दल्दै होली सुरू भएको सन्देश आदान–प्रदान गरिएको थियो।
यस वर्ष होलीको मुख्य दिन फागुन १८ र १९ गते परेको छ। फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई/मधेशका जिल्लामा सार्वजनिक बिदा दिइएको छ।