काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका मकवानपुरका सभापति भरत पराजुली पुनः नेपाली कांग्रेसमा फर्किएका छन्।
पराजुलीले २०७९ सालमा कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए। पछिल्लो निर्णयसँगै उनले पुनः कांग्रेस रोजेका हुन्।
उनलाई आज कांग्रेस सभापति गगन थाापाले पार्टीमा स्वागत गरेका छन्।
कार्यक्रममा पार्टीका अन्य नेताहरूको पनि उपस्थिति रहेको जनाइएको छ।