बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

११ अर्ब विदेशी कम्पनीको लगानी भित्रियो, ३८ अर्ब बाहिरियो

बुधबार, साउन १५ २०७६

काठमाडौं साउन, १५– देशभित्र यो वर्ष विदेशी कम्पनीबाट लगानी स्वरुप ११ अर्ब भित्रिएको छ । तर,   विदेशी कम्पनीले  यो वर्ष  ३८ अर्ब लाभांस लगेका छन् ।  लगानीको तुलनामा बाहिरिने लाभांस बढिभएपछि यसले देशको सोधानान्तर घाटा बढाएको छ ।   

गत आर्थिक वर्षमा विभिन्न विदेशी कम्पनीबाट ६३ अर्ब ७१ करोडको लगानी प्रतिवद्धता आयो । तर वास्तवीक रुपमा भने ११ अर्ब ८०  करोड बराबरको लगानी मात्रै भित्रिएको राष्ट्र बैंकले जनाएको छ । यस्तो लगानी गत वर्षको तुलनामा २५ प्रतिशतले घटेको हो ।
नेपालमा कुल विदेशी लगानी २ खर्ब ९३ अर्ब  छ । जुन लगानीमा खुलेका यस्ता कम्पनीले भने देशबाट  यो आर्थिक वर्षको ११ महिनामै  ३८ अर्ब लाभासं लगेका छन् ।   विदेशी कम्पनीले नेपालमा गरेको लगानीबाट उच्च मुनाफा कमाउदा पनि सरकारले भने यस्तो मुनाफाको खासै प्रचारप्रसार गर्न सकेको छैन ।  लगानी बढाउने भन्दै विभिन्न ऐन परिमार्जन  गरिएको छ । तर यसले पनि खास लगानी आकर्षित गर्न सकेको छैन ।

विदेशी लगानीमा खुलेका यस्ता उद्योगले लाभांस मात्रै लगेका छैनन् । यहाँ रोजगारी पनि सिर्जना गरेका छन् । विदेशी लगानीमा खुलेका  उद्योगधन्दाले अहिलेसम्म २ लाख ५८ हजारलाई रोजगारी दिएका छन् । तर, वैैदेशिक लगानी मार्फत आउने रकमको तुलनामा जाने लाभांस ठूलो हुँदा यसले सोधानान्तर घाटा भने बढाएको छ ।

सरकारले  विदेशी लगानी प्रवर्धन गर्नका लागि  प्रत्येक वर्ष जसो लगानी सम्मेलन गर्दै आएको छ  । तर त्यो  प्रभावकारी हुन सकेको छैन । ऐन कानुन परिमार्जन गरेर मात्र हुँदैन यहाँ लगानी गर्दाका क्रममा झेल्नु  पर्ने समस्या र  विदेशी लगानीको सुरक्षा गर्न सके मात्रै   विदेशी लगान्ी भित्रिन सक्छ  ।

वैैदेशिक लगानी प्रविद्धता ३ अर्बले बढेको देखिएपनि वास्तविक रुपमा   देशमा भित्रिएको यस्तो लगानीमा भने २५ प्रतिशतले गिरावट आएको देखिन्छ ।  वैदेशिक लगानीमा खुलेका उद्योगधन्दाले उच्च मुनाफा कमाउँदा पनि सरकारले त्यसको प्रचारप्रसार गर्न सकेको छैन ।