ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचन तयारी र शान्तिसुरक्षाको व्यवस्थाबारे जानकारी लिन आज ताप्लेजुङ आइपुगेकी छन् ।
आज बिहानै प्रधानमन्त्री कार्कीले पाथीभरा माताको पूजाअर्चना गरिन्। पूजापछि सामाजिक सञ्जालमा उनले लेखेकी छन्, “फागुन महिना, निर्वाचन महिना। पाथीभराबाट सुरुआत। शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु।”
प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत र निर्वाचनमा खटिएका अन्य अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ।