बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राप्रपाले ‘गाउँ फर्क’ अभियान चलाउने

सोमबार, साउन १३ २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘गाऊँ फर्क’ अभियान संचालन गर्ने निर्णय गरेको छ । 

कमल थापा नेतृत्वको राप्रपाले सोमबार केन्द्रीय समिति बैठकबाट यस्तो कार्यक्रम पारित गरेको हो । सो पार्टीका अनुसार अभियान तीन महिना सञ्चालन हुनेछ । 

पार्टीको आसन्न महाधिवेशनलाई समेत ध्यानमा राखेर देशभर पार्टीको संगठन निर्माणका लागि ३ महिने गाउँ फर्क अभियान सञ्चालन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

बैठकले संगठन निर्माणका लागि यही साउन २४ र २५ गते काठमाडौंमा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

सो कार्यक्रमबाट प्रशिक्षित भएका प्रशिक्षकहरुलाई जिल्ला स्तरीय र स्थानीय तह स्तरीय कार्यक्रममा प्रशिक्षकको रुपमा परिचालन गर्ने पार्टीको तयारी छ । आगामी पुस महिना भित्रसम्म संगठन निर्माण गरेपछि पार्टीको महाधिवेशनको तयारीको काममा केन्द्रित हुने पनि पार्टीका प्रवक्ता पाठकले बताए ।
 राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी २०७७ साल जेष्ठमा पार्टीको महाधिवेशन गर्ने तयारी छ ।