काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
शुक्रबार काठमाडौँको दक्षिणकाली नगरपालिका–चाल्नाखेलबाट प्रसाईंलाई पक्राउ गरिएको हो । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेपछि सोही आधारमा उनलाई नियन्त्रणमा लिइएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।
यसअघि पनि प्रसाईं माघ ५ गते पोखराबाट पक्राउ परेका थिए । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको भन्ने विवादित अभिव्यक्ति दिएपछि उनी पोखराबाट पक्राउ परेका थिए ।
प्रसाईंमाथि लगाइएका आरोप र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।