शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

स्वास्थ्य बीमाको समस्यामा प्रधानमन्त्री कार्कीको चासो, सरोकारवालाको बैठक आह्वान

बुधबार, माघ २१ २०८२

काठमाडौं । स्वास्थ्य बीमामा देखिएका समस्याप्रति प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्। सो विषयमा छलफल गर्न प्रधानमन्त्री कार्कीले आज (बुधबार) सरोकारवाला पक्षहरूको बैठक बोलाएकी हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकमा स्वास्थ्य बीमासम्बन्धी विद्यमान समस्या, समाधानका उपाय र आगामी कार्यदिशाबारे छलफल हुने अपेक्षा गरिएको छ।

रकम अभावका कारण सबै बिरामीले स्वास्थ्य बीमाको सुविधा पाउन नसकिरहेको अवस्था छ। नेपालका केही ठूला अस्पतालहरूले समेत सूचना जारी गर्दै हाल बीमा सेवा दिन नसक्ने जनाएका छन्, जसले आम सेवाग्राही थप समस्यामा परेका छन्।