शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बुधबार, माघ २१ २०८२

बैतडी । बैतडीमा भिरबाट लडेर एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो।

निर्वाचन सुरक्षासम्बन्धी तालिम सुन्दरखाली मैदानमा सम्पन्न गरी घर फर्कने क्रममा आज बिहान खरकटे सल्लेरी भन्ने स्थानमा चन्द भिरबाट लडेर गम्भीर घाइते भएका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।