काठमाडौं । नाटककार, आख्यानकार र कवि विजय मल्लको शताब्दी महोत्सवको अवसरमा नेपाल र भारतका सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ । प्रत्येक पुरस्कारको राशी रु २५ हजार निर्धारण गरिएको छ।
नाटक, साहित्य तथा प्राज्ञिक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भएर महत्त्वपूर्ण कार्य गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले यो पुरस्कार घोषणा गरिएको हो।
पुरस्कार पाउने प्राज्ञहरूमा डा रमा शिवाकोटी, डा साधना पन्त ‘प्रतीक्षा’, डा लेखराज खतिवडा, डा गोपालप्रसाद गैरे, डा भगवानचन्द्र ज्ञवाली, डा नित्यानन्द खतिवडा र प्रा डा कृष्णराज घतानी रहेका छन्।
नाइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।