शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सोमबार, माघ १९ २०८२

झापा । भद्रपुर नगरपालिका–२ स्थित सगरमाथा चोकमा आज साँझ मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बनियानीबाट पृथ्वीनगरतर्फ आउँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले ६४ वर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका खरेललाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल, भद्रपुर लगिएको थियो । तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

प्रहरीका अनुसार मृतक खरेलको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल, भद्रपुर पठाइएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक २१ वर्षीय अनुराग घोष घाइते भएका छन् र उनको ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा पछाडि सवार २१ वर्षीय मन्दिप दङ्गालको अवस्था भने सामान्य रहेको छ ।