बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अब ‘नेपाल स्टक’ एपमार्फत सहजै शेयर बजारबारे बुझ्न सकिने

सोमबार, साउन ६ २०७६

साउन ६, काठमाडौं । अब शेयर बजारको बारेमा बुझ्नका लागि धेरै सजिलो हुने भएको छ । नेपाली शेयर बजारमा भइरहेको उत्तारचढावबारे जानकारी अब मोबाइलमा नै आउने भएको छ । साथै यस एपमा सित्तैमा पोर्टफोलियो बनाएर दैनिकरुपमा आफ्नो शेयरको जानकारी लिन पाइने भएको छ । 

जिनियस सिस्टम्सले ‘नेपाल स्टक’ भन्ने एप हालसालै सार्वजनिक गरेको छ। हेर्दा धेरै राम्रो तथा चलाउँदा धेरै सजिलो यो एपमा पोर्टफोलियो ट्र्याकिङ, शेयर बजार समाचार, तथा वाचलिष्ट राख्न मिल्ने प्रविधी राखिएको छ ।

यस्तै  आउँदा दिनमा विभिन्न सुविधाहरु थपिने जानकारी जिनियस सिस्टम्सले दिएको छ ।  जिनियस सिस्टम्सले नेपाली पात्रो, टाइम्स अफ नेपाल, नेपाली किबोर्ड जस्ता अति उपयोगी एपहरुको सूची मा ‘नेपाल स्टक’ पनि थपेको छ।

यो एप एन्ड्रोइड र एप्पल दुवैमा उपलब्ध छ । यहाँ क्लिक गरेर यो एप डाउनलोड गर्न सकिन्छ ।